श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निरन्तर पहिरोपछी कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।

पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार