असार २२, २०८२ आइतबार July 6, 2025

“विदेशी मुद्रा बजार अपडेट : डलर, यूरो र पाउण्डको दरमा स्थिरता, युआन र येन सस्तो”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४६ पैसा तोकिएको छ।

बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५८ रुपैयाँ ०८ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार