असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा थप ८१८ जनामा संक्रमण पुष्टि- मृतकको संख्या १४९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइतबार ८ हजार २६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा प्रयोगशालाको रिपोर्टमा प्राविधिक समस्या देखिएकाले कोरोना नतिजा सार्वजनिक नगरिएको जनाएको छ।

शनिबार भन्दा पाँच हजार कम परीक्षण गर्दा झण्डै दुई सय बढीमा संक्रमण पुष्टि भएको छ । काठमाण्डौं उपत्यकामा मात्रै १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस मध्ये काठमाडौंका मात्रै १ सय २६ जना रहेका छन् ।

पर्सामा १ सय ३९, सर्लाहीमा ९१ र मोरङमा ५० जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकाका भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभर गरी ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा ५ सय ९८ पुरुष र २ सय २० महिला छन्। नेपालमा संक्रमित संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। बितेको २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् । यो सहित संक्रमित निको हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुगेको छ।

आइतबार थप तीन जनाको मृत्यु भएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । सक्रिय संक्रमित संख्या भने १३ हजार १ सय ५५ पुगेको छ। त्यसमध्ये ९ हजार २ सय १२ संस्थागत र तीन हजार ९ सय ४३ जना होम आइसोलेसनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार