श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कृषकलाई अनुदानमा मौरी घार वितरण

नगरपालिका भित्रका ३९ जनाले पाए ९५ आधुनिक मौरीको घार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्पा। रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो । किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनु भएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताउनुभयो । नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो ।

नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न मौरीको घार वितरण गरिएको बताउनुभयो । मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभएको छ ।

अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार