असार २२, २०८२ आइतबार July 6, 2025

जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।

त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको उनले बताए ।

पार्टीको महाधिवेशन/अधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरुले प्रदेश अधिवेशनका लागि प्रतिनिधि/पदाधिकारी वा सदस्यमा उम्मेदवारी दिन पाउने छ । तर उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ–आफ्नो पदीय दायित्वबाट राजिनामा दिई सो स्विकृत भएको प्रमाणसमेत आवेदन/मनोनयन/उम्मेदवारी फारमसँग संलग्न गर्नुपर्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार