काठमाडौं । नेकपा (एकीकृत समाजवादीले) अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा उठाइएको मुद्दालाई पार्टीलाई फसाउने षड्यन्त्रको रुपमा व्याख्या गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा नयाँ नभई पार्टी स्थापना कालदेखि चलिरहेको योजनाको निरन्तरता भएको दाबी गरे। उनका अनुसार, यो कदम पार्टी र लोकतान्त्रिक आन्दोलनविरुद्धको हमला हो।
ज्वालाले भने, पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।
उनले यो मुद्दा राजनीतिक प्रतिशोधका साथ लगाइएको भन्दै अध्यक्ष नेपालले दोषमुक्त हुने विश्वास व्यक्त गरे। साथै, अध्यक्ष नेपालले पार्टीको नेतृत्व यथावत् रूपमा गरिरहने र संसदीय दलको नेतृत्वबारे पार्टी भित्रै छलफल हुने जानकारी पनि दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया