रौतहट । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।
उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको हो ।
२०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेसबाट निर्वाचित भएका थिए । उनी काँग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया