काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल भएको छ ।
बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय निजामती सेवा विधेयक २०८० टेबुल गर्नुभएको हो । यसअघि बैठकको शुुन्य समयमा राष्ट्रिय सभाका सांसदहरुले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियडमा बाहेक शब्द घुसाएर निस्तेज पार्न खोजिएको बताउनुभयो ।
सांसदहरुले निजामती विधेयकमा दुई वर्षे कुलिङ पिरियडलाई प्रभाव पार्ने गरी आएको शब्द र विषयमा संसदीय समिति बनाएर छानविन गरि सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।
सांसदहरुले सबै कर्मचारीको मनोबल उच्च राख्नेगरी कानुन बनाउनु पर्ने र स्थानीय तहका कर्मचारीको पनि सङ्घमा जस्तै सरुवाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसदहरुले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती विधेयकमा देखिएका त्रुटिहरू सच्याइनु पर्नेमा जोड समेत दिनुभयो ।
बैठकमा, सांसदहरुले पूर्वाधार विकास, काठमाडौँको ट्रमा सेन्टरमा बेड अनुसार पर्याप्त आइसियु सेवाको विस्तार गर्न र एमआरई सेवाको व्यवस्था गर्न माग गर्नुभयो ।
बैठकमा सासंदहरु कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनु भएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम जारी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया