असार १९, २०८२ बिहिबार July 3, 2025

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । स्व यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उहाँले उल्लेख गर्नुभयो ।

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो । विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट उहाँ निर्वाचित हुनुभएको थियो । यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट काँग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया