असार १९, २०८२ बिहिबार July 3, 2025

जनकपुरधाममा घरायसी विवादले लिए ज्यान, ज्वाँइको छुरा प्रहारबाट ससुराको मृत्यु

आरोपी बेचन घटनापछि फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, असार १८गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा घरायसी विवादका कारण ज्वाँइले ससुराको हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५, रामपुरका ७५ वर्षीय वासुदेव प्रसाद विमलको आफ्नै ज्वाँइले छुरा प्रहार गरी हत्या गरेको हो।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीका अनुसार जनकपुरधाम–२१, कुर्था घर भएका ४० वर्षीय बेचन महासेठले ससुराको घरमै पुगेर विवादपछि छुरा प्रहार गरेका थिए। गम्भीर घाइते विमललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटना पछाडि पारिवारिक झगडा रहेको बताएको छ। आरोपी बेचन घटनापछि फरार भएका छन् भने उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुण बहादुर सिंहले जानकारी दिए।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान अघि बढाएको छ। यस घटनाले जनकपुरमा चासोको विषय बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया