असार १९, २०८२ बिहिबार July 3, 2025

डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिकउपर अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गैरकानुनी रूपमा सञ्चालित डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ ।

सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार काठमाडौं र ललितपुरमा एकसाथ छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । खड्काका अनुसार ललितपुर महानगरपालिका-४, वालिफलस्थित दमकल चोक र काठमाडौं महानगरपालिका-१३, चागलबाट छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सोसल सफ्ट्वेयर डेभलपमेन्ट प्रालि नामको संस्था दर्ता गरेर दमकल चोकमा मुख्य र उक्त शाखाको रुपमा चागलमा घर नै भाडामा लिएर गैरकानुनी रुपमा कल सेन्टर र डेटिङ एप संचालन भएको रहेछ,’ खड्काले भने,‘जहाँ विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो ।’

पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिकउपर अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने ४६ जनाको थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दियो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले स्रोत नखुलेको १३ लाख बढी रुपैयाँ, ७ वटा ल्यापटप र ५४ वटा मोबाइलसमेत बरामद गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया