असार २६, २०८२ बिहिबार July 10, 2025

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत फेरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ । मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् । र, सोनल भने तत्कालिन जनता समाजवादी पार्टी नेपालका सांसद हुन् । २ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ । अब एउटै दलको सरकार बन्ने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार