भक्तपुर। बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भत्किएको छ।
पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं. १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो। अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो पुल भत्किएपछि सडक पूर्ण रुपमा ठप्प भएको छ।
पुरानो भइसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानीयहरु बताउँछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया