असार २२, २०८२ आइतबार July 6, 2025

‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला

युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् ।

जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा गर्न पुग्नुको कारण बताए ।

त्यसबारे उनले भने, ‘गिरिजाप्रसाद कोइराला मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बीपी कोइरालाले उहाँलाई एक पटक सभापतिमा नउठ भन्नुभयो । उहाँले हुन्छ भन्नुभयो, उहाँले बिपीलाई आदर गर्नुहुन्थ्यो । जसलाई बनाउनु थियो, उहाँले गएर बिपीलाई गिरिजाबाबु पनि उठ्नुपर्‍यो, म पनि उठ्ने र गिरिजाबाबु हार्दिनुपर्‍यो भन्नुभयो । त्यो उहाँले मान्नुभएन । त्यसपछि आफ्नो साथी मनहरि बराललाई लिएर भुटान जानुभयो, भुटान गएर अहिले भुटान पिपुल्स पार्टी उहाँले खडा गर्नुभयो । त्यो आत्मबल र सकारात्मक सोच राखेरै गर्नुभएको हो ।’

नेता कोइरालाले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान गरेका छन् ।

सय जना भेट्दा ९० मा सकारात्मक सोच नभएको आफूले पाएको उनले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया