असार २३, २०८२ सोमबार July 7, 2025

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रभावित क्षेत्रका स्थानियहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र भर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

त्यसमध्ये कम्पनीले गत असार ९ गते देखि १० लाख ८८ हजार ८९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्ष्थानियले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा, दरमखोला पावर हाउस र आवश्यकता अनुसार स्वीकृती लिएपछि अन्य संकलन केन्द्रहरुबाट आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीले दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि जारीपूँजीको २८।३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता शेयर जारी गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया