असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित

विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । ०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल निष्कासन गरेको छ ।

कांग्रेसमा इतर समूहमा रहेका खनाललाई ०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको भन्दै पार्टीमा उजुरी परेको थियो ।

लामो समयपछि त्यो उजुरीलाई आधार मानेर कांग्रेस केन्द्रीय अनुशासन समितिले कारबाही गरी निष्कासन गरेको हो । समितिका सभापति आनन्दप्रसाद ढुंगानाले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पत्र लेख्दै खनाललाई कारबाही गरेको जनाएका छन् ।

“नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकको निर्णयअनुसार नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० निवासी नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टिकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएकोले उपलव्ध प्रमाणको आधारमा नेपाली काग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ड) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको छ ।” पत्रमा उल्लेख गरिएको छ ।

नेता खनालले यसको जवाफ आफ्नो क्षेत्रमा रहेका पार्टी कमिटीले नै दिने बताएका छन् । उनले भने, ‘कांग्रेस डन र धन भएकाहरुको कब्जामा गएको यो उदाहरण हो भनेर मैले भन्दै आएको छु, यस्तै गर्दै गए ०८४ मा पार्टी सकिने मेसो हो, जसले गलती गरेको छ उसलाई जोगाउने र जसले निरन्तर पार्टी बचाउन लागिरहेको छ उसलाई सकाउने तरिकाले कसरी चल्छ पार्टी ?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार