असार २६, २०८२ बिहिबार July 10, 2025

‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल

अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ असारः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताउनु भएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उहाँले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताउनुभयो ।

“अहिले विधि र विधानको कुरा गर्ने समय हो । विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन,” महासचिव पोखरेलले भन्नुभयो, “जतिबेला नेतृत्व चयनको विषय आउँछन त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ । नेतृत्वको बारेमा बहस गर्ने बेला भएकै छैन ।”

उहाँले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताउनु भयो । “पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले मिसन २०८४ मा पार्टी एकताबद्ध भएर लैजानु आवश्यक रहेको छ ।

कमिटीका अध्यक्ष प्रेम पराजुली कमिटीलाई विधान महाधिवेशन केन्द्रित गरिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया