असार २६, २०८२ बिहिबार July 10, 2025

पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित

प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काषित गरेको छ ।

२०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको हो ।

कास्की–२ (२) मा कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापालाई असयोग गरेको उनीमाथि आरोप थियो ।

गण्डकीका सांसद एवं पूर्वमन्त्री विन्दुकुमार थापाले उनीविरुद्ध उजुरी गरेका थिए । खड्का गण्डकीमा सरकार गठन भएकै दिन मन्त्री भएका थिए भने थापा ८ साउनमा मन्त्री बने ।

केन्द्रीय अनुसन्धान आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारण पार्टीको साधारण सदस्यबाटै हटाएको अनुशासन आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया