असार २७, २०८२ शुक्रबार July 11, 2025

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै

सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया