असार ३०, २०८२ सोमबार July 14, 2025

छाउगोठ नभत्काए १० हजार जरिवाना

सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए रु १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भन्नुभयो–“सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेका छौँ ।” शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।

पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् । कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले भन्नुभयो–“धेरै छाउगोठ त हामीले भत्कायौँ, त्यो बेला अनेकौँ गाली खायौँ, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार