असार ३१, २०८२ मंगलबार July 15, 2025

‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा

महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा,  असार ३० गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका  काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाउनुभएको छ ।

यहाँस्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताउनुभयो ।

“गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा रु १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उहाँले भन्नुभयो, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने रु”

उहाँले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गर्नुभयो । उहाँले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताउनुभयो ।

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गर्नुभयो । उहाँले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गर्नुभयो ।

आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताउनुभएको छ । दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गर्नुभएको थियो । कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए ।

यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताउनुभयो । यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण गरेको तथ्याङ्क आयोगमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कतिपय व्यक्तिहरुले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भइरहेको छ ।

झापामा विसं २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार