असार ३१, २०८२ मंगलबार July 15, 2025

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग

आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ३० गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताउनु भयो । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो ।

कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु । तपाईँले तत्काल तपाईँको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानबिन गर्ने विषयलाई सहज बनाउनुस् । बर्खास्त गरेर मात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दूधको दूध र पानीको पानी हुनुपर्छ । त्यसको छानबिन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका अरू कोको छन्, छन् भने कसैको बारेमा टिप्पणी गर्न हतारो हुन्छ । कहीँ कतै दोषी देखिन्छन् भने कारबाही गर्नुपर्छ ।’

महामन्त्री थापाले कानुन भन्दा माथि कोही पनि नहुने बताउनु भयो । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार