काठमाडौंः उपत्यकामा विगत २४ घन्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १९९, ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घन्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिएका मध्ये २७१ जना महिला र ५८४ जना पुरूष छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणका कारण हालसम्म १६४ जनाको ज्यान गइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया