श्रावण ३, २०८२ शनिबार July 19, 2025

गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ

विविधतायुक्त नेपालको संविधानले सबैको अपनत्व सुनिश्चित गर्ने प्रयास गरेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ०२ श्रावण । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कार्यान्वयनका क्रममा भएका कमजोरीको निर्मम समीक्षा आवश्यक रहेको बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको २८औँ स्थापना दिवसको अवसरमा सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

थापाले संघीय सरकार प्रभावकारी नहुँदा प्रदेश सरकारहरू संघको प्रतिलिपि मात्रै बनेको उल्लेख गर्दै यस अवस्थाबाट बाहिरिन प्रदेश सरकारलाई सृजनात्मक काममा अग्रसर हुन सुझाव दिए। उनले भने, “संघ र प्रदेशको संसद् अझ बढी समावेशी हुनुपर्छ, निर्वाचन प्रणाली सुधार हुनुपर्छ। नेपाली काँग्रेसले यसको नेतृत्व गर्नुपर्छ।”

विविधतायुक्त नेपालको संविधानले सबैको अपनत्व सुनिश्चित गर्ने प्रयास गरेको उल्लेख गर्दै महामन्त्री थापाले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संविधानको मर्म अनुसार पहलकदमी गर्नुपर्ने बताए। “इतिहासको मात्रै कुरा गरेर हुँदैन, इतिहासबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्छ,” उनले जोड दिए।

थापाले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित आदिवासी जनजाति समुदाय रहेको भन्दै तिनले आफ्नो मुद्दा स्थापित गर्न सक्नुपर्नेमा पनि जोड दिए। साथै, उनले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले समयमै महाधिवेशन गरी पार्टी नेतृत्वलाई विश्वास दिलाएको भन्दै प्रशंसा गरे।

कार्यक्रममा काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले संविधानसभाबाट बनेको संविधानसँग सबै जातजातिको जीवन जोडिएको बताउँदै त्यसको रक्षा गर्दै देशलाई स्थिरतातर्फ लैजानुपर्ने धारणा व्यक्त गरे। उनले आदिवासी जनजाति समुदायले आफ्नै अधिकारको लागि समेत निरन्तर संघर्ष गर्नुपर्ने बताए।

कार्यक्रममा काँग्रेसका अन्य नेताहरूको उपस्थिति रहेको थियो भने आदिवासी जनजाति महासंघले आफ्ना आगामी कार्यक्रम र संरचनागत योजनाबारे पनि जानकारी गराएको थियो। कार्यक्रम शुभकामना आदानप्रदानसहित चियापानमार्फत सम्पन्न भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार