श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै

केन्द्रिय सदस्यहरूले धारणा राखिसके पछि बैठक समापन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैँछ ।

च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा  उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथी छलफल जारी रहेको छ ।

हिजाेका बैठकमा जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलवार धारणा राखिसके पछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाइ बाेल्न ३-३ महिनाकाे समय दिइएकाे छ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्र्रीय सदस्य रहेका छन् ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि आइतवार साँझसम्म दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार