श्रावण ७, २०८२ बुधबार July 23, 2025

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा

एमाले केन्द्रीय बैठकमा भण्डारीको भूमिकामाथि बहस, हैसियतमै बस्न सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०६ श्रावण । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरुले राखेको बताएका छन् ।

केन्द्रिय कमिटीको बैठकमा मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेको बताए ।

उनले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको बताए ।

‘अधिकांश बोल्नुहुने प्रतिनिधिहरुले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरुले बोलिसक्नुभयो । अहिलेसम्म बोल्नुहुने केन्द्रिय कमिटीको सदस्यहरुले पूर्वराष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्नेकुरा राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ’ उनले भने ।

प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया