श्रावण ७, २०८२ बुधबार July 23, 2025

राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण

वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ ( राष्ट्रिय भू-ढकान नक्शा ) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताउनुभयो । उहाँले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक भएको सो नक्शामा उल्लेख भए अनुसार देशभर जङ्गलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया