श्रावण ७, २०८२ बुधबार July 23, 2025

मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल

मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताएका हुन् ।

भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ छ । उनले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए ।

उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाए । उनले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? भन्दै प्रश्न समेत गरे ।

उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु भाग्न खोजिरहेको आरोप पनि लगाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया