काठमाण्डाैंः पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ५ महिला छन् भने ३ पुरुष रहेका छन् ।
यसैगरी ललितपुर, बारा, कास्की, बाँके र रुपन्देहीका १/१ जना महिलाको मृत्यु भएको छ भने काठमाडौं, पर्सा र कपिलबस्तुका १/१ पुरुषको मृत्यु भएको छ। अहिलेसम्म जम्मा १८३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार १११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२६२९ जनाको पिसिआर परीक्षण गर्दा ११११ जनामा संक्रमण पुष्टि भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया