काठमाण्डाैंः गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल होम आइसोलेसनमा बसेका छन् ।
विश्व महामारी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा चिया पुर्याउने दुई जनामा कोरोना संक्रमण पुष्टी भएपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका हुन्।
सीसीएमसीको बैठकमा चिया लैजाने एक जनामा संक्रमण पुष्टि भएपछि मन्त्रीद्वय घरमै बसेको सचिवालय स्रोतले बतायो।
केहीदिन अगाडि गृहमन्त्री बादल र रक्षामन्त्री पोखरेल सीसीएमसीको बैठकमा सहभागी भएका थिए । सीसीएमसीको कार्यालय छाउनीमा छ । यसैबीच सचिवालय सदस्यसमेत रहेका दुई मन्त्री आइसोलेसनमा बसेपछि भोलीका लागि बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको छ ।
नेकपा विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया