काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा ८सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।
शनिबारसम्म ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने १६ हजार ५७८ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ६९ हजार ८१ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २०७ पुगेको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया