असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना संक्रमणबाट १४ जनाको ज्यान गयो, मृतकको संख्या २७१ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारि दिए ।

मृत्यु हुनेमा काठमाडौंका ३ जना महिला ८२,६७,२२ बर्षिय र चितवनका ३५ बर्षिय महिला छन् । यस्तै सप्तरीका ५५ बर्षिय २ पुरुष, धनुषाका ६५ बर्षिय पुरुष, कास्कीका ३१ बर्षिय पुरुष, नवलपरासीका ३७ बर्षिइ पुरुष, प्यूठानका ५८ बर्षिइ पुरुष, रुपन्देहीका ७८ बर्षिय पुरुष, पाल्पाका ६२ बर्षिय पुरुष र सुर्खेतका ४२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनामा पीसीआर परिक्षण गर्दा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २२६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १३५४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संख्या कुल संक्रमितको ५८ प्रतिशत हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया