काठमाण्डौंः अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि उनले सम्हालेका सबै मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् ।
अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका थिए । खतिवडाले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको थियो ।
राष्ट्रपति भण्डारीबाट मन्त्रालयको जिम्मेवारीमा भएको हेरफेरलाई स्वीकृत गरिएको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनित गर्नेबारेको कुनै सिफारिस भने राष्ट्रपति कार्यालयमा पुगि नसकेको शितलनिवास स्रोतले बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने प्रस्ताव ल्याएका थिएनन्। सो मन्त्रीपरिषद् बैठकमा गौतमको नाम सिफरिस गर्न प्रस्ताव आउने आकलन गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया