असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट ज्यान गयो, मृतकको संख्या २८० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकैदिन ३ महिला र ६ पुरुषको मृत्यु भएको जानकारि दिए ।

मृत्यु हुनेमा मोरङकी ४३ बर्षिय महिला, मकवानपुरकी ५२ बर्षिय महिला र नवलपरासीकी ३७ बर्षिय महिला रहेका छन् । यस्तै पर्साका ७५ बर्षिय पुरुष, महोत्तरुीका ७८ बर्षिय पुरुष, काठमाडौंका ४१,५९ र ६५ बर्षिय ३ पुरुष र रुपन्देहीका ४० बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

देशभरि आज नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० प्रतिशत हो । आज देशभर ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार