काठमाडौंः नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३८२ जनामा पीसीआर परिक्षण गर्दा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १ हजार ८ सय १४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । यो संख्या कुल संक्रमितको ६३ प्रतिशत हो । आज देशभर ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया