काठमाण्डौः पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण गरिएकोमा थप ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म ३२ हजार ९६४ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २ हजार २८७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ८६८ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ५ हजार ३१० जना छन् ।
त्यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा ६ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०६ जना पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया