असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाण्डौंमा निषेधाज्ञा खुकुलो :के गर्न पाइन्छ, के पाइदैन (पूर्ण विवरण)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा बिहिबारदेखी खुकुलो पारिएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा पुगेका हुन् ।

काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले गरेको बताए ।

त्यस्तै, व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर शर्त सहित सञ्चालनमा ल्याउन दिइने भएको छ ।

के गर्न पाइन्छ, के पाइदैन, सूचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया