काठमाण्डौंः मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्रीकाे सरकारि निवास बालुवाटारमा आज साँझ बस्ने बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिईओ) नियुक्तिबारे छलफल हुने बताइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
मन्त्री पुनले हालका लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङलाइ अन्तै जिम्मेवारी दिएर विद्युत प्रधिकरणमा नयाँ ब्यक्ति ल्याउनुपर्ने पक्षमा रहँदै आएका छन् । कुलमान घिसिङले आफ्नो ४ बर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेको तथा विद्युतन चुहावट समेत कम गरेको भन्दै जनताको आर्दशका केन्द्र बन्दै आएका छन् ।
घिसिङलाइ नै प्रधिकरणमा निरन्तरता दिनुपर्ने जनमाग समेत रहिआएको छ । यस्तै आजकै बैठकमा न्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने तयारीसमेत गरेको बुझिएको छ । यस्तै आजकै बैठकमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्य नियुक्तिका लागि पनि छलफल हुने भएको छ ।
सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रिय सभामा सदस्यमा मनोनयन का लागि सिफरिस गर्ने तयारी गरिएको हो । गौतमलाइ राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट सांसद बनाउन सत्तारुढ नेकपाको सथायी कमिटी बैठकले दुइपटक निर्णय गरिसकेको छ । यसअघि बिहीबार(हिजो) बोलाइएको मनित्रपरिषद् बैठक प्रधानमन्त्री ओलीको ब्यस्तताका कारण आजका लागि सारिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया