असार २६, २०८२ बिहिबार July 10, 2025

अख्तियार प्रमुख नविनकुमार घिमिरेको कार्यकाल आजबाट सकिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको कार्यकाल आजबाट सकिदैछ । २०७५ साल असोज ४ गते नियुक्त हुनु भएका घिमिरेको उमेरहदका कारण आजदेखि कार्यकाल सकिन लागेको हो ।

अख्तियारका पदाधिकारी ६ बर्ष पदावधि वा ६५ बर्ष उमेर हदका कारण अवकाश हुने ब्यवस्था छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।

तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातको उमेर हदका कार्यकाल सकिएपछि दोस्रो वरीयतामा रहेका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । घिमिरेको नेतृत्वमा रहेको अख्तियारले ठूला अनियमितामा अनुसन्धान नगरेको भन्दै आलोचना भएको छ ।

एक अर्ब २४ करोडको औषधी खरिदमा ओम्नीलाई विनाप्रतिस्पर्धा ठेक्का, नेपाल ट्रस्टका जग्गामा यतीको एक्लौटी र रेलमार्गका नाममा ३३ अर्बको ठेकेदारी मिलेमतोलगायतका दर्जनभन्दा बढी ठूला काण्डमा छानबिन गर्ने दायित्वबाट अख्तियार पन्छिएको भन्दै आलोचना भएको हो ।

घिमिरेको कार्यकाल सकिएसँगै प्रमुख आयुक्तका दाबेदारको रुपमा आयुक्त गणेशराज जोशीको चर्चा चलेको छ । सरकारले जोशीलाई नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार