श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पार्टीको आधिकारिकताबिना जथाभाबी चन्दा संकलन गरे भौतिक कारबाही गर्ने विप्लवको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले चार वर्षअगाडि नै पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका योगेन्द्र चौहानले पार्टीको नाम लिएर चन्दा उठाएको भन्दै कुनै पनि भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।

जिल्ला सेक्रेटरी माहुरीले आइतबार प्रेस वक्तव्य जारी गर्दै निज चौहानले पार्टीको नाम लिएर विभिन्न व्यवसायी, सङ्घसंस्था एवम् सरकारी कार्यालयहरूबाट जबर्जस्ती अर्थ सङ्कलन गरेको सूचना प्राप्त भएकाले यस्तो गलत कार्य नरोके चौहानलाई भौतिक कारबाही गर्नेसमेत बताएका छन् ।

विज्ञप्तिमा चौहानले ४ वर्षअगाडि नै प्रहरी प्रशासनमा आत्मसमर्पण गरेको, पार्टीेको सूचना र नेता–कार्यकर्ताहरूलाई फसाउने कामसमेत गरेकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी उतिबेला नै कारबाही गरेको समेत बताएका छन् ।

विज्ञप्तिमा चौहानलगायत केही गुन्डा, सुराकी, भगौडा र लुटेराहरूले पार्टीको बदनाम गरेको भन्दै सम्पूर्ण व्यवसायी एवम् जनसमुदायलाई सचेत रहनसमेत आग्रह गरिएको छ । पार्टीको आधिकारिकताबिना जथाभाबी आर्थिक सहयोग नगर्नसमेत सेक्रेटरी माहुरीले सचेत गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार