असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा ११ सय ७० जनामा कोरोना संक्रमित थपिँदा ८ सय ७९ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३९ हजार ५ सय ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फिर्ता भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार २ सय ७५ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ६० पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया