काठमाण्डाैः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योगदानलाई नेपाली नागरिकले बिर्सिन नसकिने बताएका छन् ।
कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको भोलीपल्ट नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली नागरिकले कहिल्यै बिर्सन छैनन् ।’ भनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया