असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सोमबार साँझ झण्डै तीन घण्टासम्म बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता तोकिएका  थिए । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर भाद्र २० गते राजीनामा दिएसँगै दुवै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेकी थिईन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया