असार २६, २०८२ बिहिबार July 10, 2025

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मन्त्रिपरिषदको बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।

सोमबार साँझ झण्डै तीन घण्टासम्म बसेको बैठकले राष्ट्रियसभा सदस्यका लागि गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

यसअघि नेकपाको स्थायी कमिटी बैठकले गौतमलााई राष्ट्रियसभामा पठाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । गौतम बर्दिया क्षेत्र नम्बर १ बाट २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका सांसद सञ्जय गौतमसँग पराजित भएका थिए।

यसैगरी मन्त्रिपरिषद्को  बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका बिषयमा कुनै पनि निर्णय भएन । बैठकमा यसबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले बताए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार अवकाश पाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार