श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चुनावलाई केन्द्रमा राखेर साङ्गठनिक गतिविधि सञ्चालन गर्नुस- कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्बाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने ‌ओैंल्याए । अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्ला जिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङलगाय ७५ केन्द्रीय सदस्यको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार