श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकीकरणको बाँकी काम टुंग्याउन ओली दाहाल सहमत- शुक्रबार सचिवालय बैठक बोलाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असोज २ गते शुक्रबार सचिवालय बैठक बोलाएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली,  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव बिष्णु पौडेलबीच बुधबार दिउँसो प्रधानमन्त्री निवाश बालुवाटारमा करिब दुई घण्टासम्म भएको छलफलपछि सचिवालय बैठक बस्ने मिति तय भएको हो ।

बैठक पार्टी कार्यालय  कोटेश्वर पेरिसडाँडामा विहान ११ बजे बैठक बोलाइएको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको बुझिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने सूचना आएको सचिवालयका एक सदस्यले बताए । ती सदस्यका अनुसार मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणका बाँकी काम सचिवालयमा छलफलका एजेण्डा रहेका छन्।

पार्टीको आन्तरिक विवादबारे सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख थियो। भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको छ । भदौ ९ मा सचिवालय बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको थियो। त्यसबाहेक सचिवालयका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार