काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् ।
राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनीत गरेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई शुक्रबार राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको स्रोतले बताएको छ ।
भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक–पटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बन्न सफल भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया