काठमाडौंः संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले विशेष सम्बोधन गर्ने भएका छन् । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजेको विशेष समारोहमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारि दिएका छन् ।
प्रधानमन्त्रीले शुभकामनासँगै समसामयिक परिवेश समेटर सम्बोधन गर्न लागेकोले अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।
साथै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी हुनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया