असार २६, २०८२ बिहिबार July 10, 2025

एसिड हान्नेलाई कारवाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एसीड आक्रमण गर्नेका लागि कडा कानून बनाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारि निवाश बालुवाटारमा बसेको बैठकले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन एसिड हान्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेश मार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए ।

त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । पछिल्लो समयमा बिभिन्न बाहाना बनाएर युवतीहरुमाथी एसीड आक्रमणका घटनाहरु बढिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया