असार २६, २०८२ बिहिबार July 10, 2025

बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने बताएका छन् ।

अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै कार्यकालभित्र वृद्ध भत्ता बढाउने बताएका हुन् ।

नेकपाको घोषणापत्र अनुसार यसैकार्यकालभित्र ५ हजार पुर्याईने उनले बताएका हुन् । जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको भन्दै र यसलाई समयक्रममा बृद्धि गरिने ओलीले बताए ।

जेष्ठ नागरिकको सम्मान, सेवा र जिवनयापनको सम्बन्धमा अन्त्यन्तै चिन्तित रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रयासरत रहेको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया